+
+

पलको ‘१४ अञ्चल ससुराल’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत ९ गते १९:५३

नायक पल शाहले मोडलिङ गरेका म्यूजिक भिडियो युटुबमा लगातार सार्वजनिक भैरहेका छन् । यहीक्रममा नायक शाह अभिनित ‘१४ अञ्चल ससुराल’ बोलको गीतको म्यूजिक भिडियो युटुबमा सार्वजनिक भएको छ । यो भिडियोमा पलले नायिका सारा सिर्पालीसँग जोडी बाँधेका छन् ।

गीतमा जता गएपनि आफ्नो ससुराल भएको उल्लेख गरिएको छ । गायक खुमन अधिकारीको स्वरमा समावेश यो गीतमा अराज केशवले र्याप हानेका छन् भने गीतमा माधव न्यौपानेको शब्द तथा संगीत छ । विक्रम चौहानको निर्देशनमा बनेको भिडियोमा अर्जुन तिवारीको छायांकन, सुप्रिम पराजुलीको सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?