Comments Add Comment

मल्टिप्लेक्समा ‘एभेन्जर्स इन्ड गेम’को आक्रामक व्यापार

विश्वव्यापी रुपमा रिलिज भएको हलिउड चलचित्र ‘एभेन्जर्स इन्ड गेम’ले नेपालमा बम्पर व्यापार गर्न देखिएको छ । चलचित्र विश्लेषकहरुले यसलाई बक्स अफिसमा सुनामी आएको भनेर परिभाषित गरेका छन् । बुधबार नेपालका अधिकांश मल्टिप्लेक्समा बुकिङ खुलेसँगै टिकट काउन्टरमा लाइन लागेको थियो । यो चलचित्रलाई काठमाण्डौको क्यूएफएक्सले २ डी र ३ डीमा मात्र ४५ बढी शोज दिएको छ ।

थ्रीडीमा दिइएको ३० शो लगभग शुक्रबारका लागि सोल्ड आउट छन् । शनिबार पनि चलचित्रका अधिकांश शोजमा रातो घेरा लागिसकेको छ । नेपालमा यो चलचित्रले शुक्रबार ८० लाखदेखि १ करोडको व्यापार गर्ने अनुमान गरिएको छ । नेपालमा पछिल्लो समय हलिउड चलचित्रको क्रेज ह्वात्तै बढेको छ । झन्, ‘एभेजन्र्स’को यो अन्तिम सिरिज भएकाले पनि दर्शकको उत्साह विश्वभरी नै देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment