
२० वैशाख, काठमाडौं । सरकारले सडकको किनारालाई खुला माटोरहित बनाउने भएको छ । सरकारका तर्फबाट संसदमा शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले पेश गरेको आगामी आवको नीति तथा कार्यक्रममा सडकलाई धुलोरहित बनाउने भन्दै यस्तो घोषणा गरिएको हो ।
यस्तै सरकारले काठमाडौं उपत्यका छिर्ने सबै नाकामा सवारीलाई सफा गर्न स्वचालित सफाइ प्रणाली जडान गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । हाल काठमाडौंमा धुलो र हिलोको समस्या धेरै छ ।
धुलोलाई स्रोतबाटै नियन्त्रण गर्ने गरी सरकारले यस्तो घोषणा गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4