+

राष्ट्रिय टिमको अभ्यासका लागि फर्किए जगजित

२०७६ वैशाख  २६ गते १७:०८ २०७६ वैशाख २६ गते १७:०८
राष्ट्रिय टिमको अभ्यासका लागि फर्किए जगजित

२६ वैशाख, काठमाडौं । नेपाली अन्तर्राष्ट्रिय फुटबल खेलाडी जगजित श्रेष्ठ अष्ट्रेलियाबाट राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा फर्किएका छन् ।

नेपाली फुटबलका आक्रामक मिड्फिल्डर मलेसिया र चाइनिज ताइपेइविरुद्धको मैत्रीपूर्ण खेलका लागि सञ्चालित बन्द प्रशिक्षण (क्लोज क्याम्प) मा आबद्ध भएका हुन् । लामो समयदेखि जगजित अष्ट्रेलियामा बसोबास गर्दै आएका थिए ।

सन् २०११ मा राष्ट्रिय टिमबाट डेब्यु गरेका जगजित लामो समयदेखि घरेलु लिग नभएपछि अष्ट्रेलिया गएका थिए । यही वैशाख २४ गतेदेखि मलेसिया र चाइनिज ताइपेइविरुद्धको मैत्रीपूर्ण खेललाई लक्षित गर्दै नेपालले अभ्यास थालेको छ ।

जुन २ तारेखमा नेपालले मलेसियासँग उसैको मैदानमा मैत्रीपूर्ण खेल खेल्दैछ । त्यस्तै, जुन ६ तारिखमा चाइनिज ताइपेइसँग खेल्नेछ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय