+
+

मकवानपुरमा बस ठोक्किँदा चालकको मृत्यु, ३ जना गम्भीर घाइते

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ ४ गते १०:५४

४ जेठ, हेटौंडा । पूर्वपश्चिम राजमार्गको हेटौंडा-३ बसामाडीमा दुई वटा बस ठोक्किँदा एक जना चालकको मृत्यु भएको छ । दुर्घटनामा ३० जना घाइते भएका छन् ।

काठमाडौंबाट हेटौंडा आउँदै गरेकोे ना ७ ख ९३६ नम्बरको बस र इलामको पशुपतिनगरबाट काठमाडौं जाँदै गरेको ना ७ ख २०५७ नम्बरको बस शनिबार बिहान ठोक्किएका हुन् ।

दुर्घटनामा उदयपुर बरही ६ का ४० वर्षीय मानबहादुर मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी ना ७ ख २०५७ नम्बरको बस चालक भएको प्रहरी उपरिक्षक यज्ञबहादुर भट्टराइले जानकारी दिए । मगरको उपचारको क्रममा चुरेहिल अस्पतालमा मृत्यु भएको हो ।

घाइते भएकाहरुमध्ये गम्भीर घाइते ३ जनालाई थप उपचारका लागि चितवनको पुरानो मेडिकल कलेज रिफर गरिएको छ । १२ जना घाइतेको चुरेहिल अस्पताल हेटौंडामा उपचार भइरहेको छ । अन्य घाइते भने सामान्य उपचारपछि घर फर्किएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?