२१ जेठ, काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले आगामी सिजनको लागि जर्सी सार्वजनिक गरेको छ ।
बार्सिलोना क्लबले मंगलबार आगामी सिजन २०१९-०२० को लागि नयाँ जर्सी सार्वजनिक गरेको हो । पहिलेको भन्दा जर्सी केही अलिक फरक रहेको छ ।
कप्तान लियोनल मेस्सी, जिरार्ड पिके लगायतले लगाएको जर्सी सर्वाजनिक गरेको हो । यही जर्सी लगाएर अब बार्सिलोनाले आगामी सिजनको लिग सुरुवात गर्नेछ ।
बार्सिलोना ला लिगा च्याम्पियन टिम हो ।