१२ असार, काठमाडौं । बेन्फिका जोआओ फिलिक्सलाई स्पेनिस क्लब एट्लेटिको मड्रिडमा बेच्न तयार भएको छ ।
पोर्चुगाली क्लब बेन्फिकाले १९ वर्षीय फिलिक्सलाई एट्लेटिको मड्रिडमा १२६ मिलियन युरोमा बेच्न राजी भएको हो । युवा स्टार खेलाडी उनी माथि सबैको नजर पर्दै आएको थियो ।
उनले यो सिजिन मात्रै २५ खेलमा १५ गोल गरेका थिए भने ९ गोलको एसिस्ट गरेका थिए ।
पोर्चुगलका युवा खेलाडी फिलिक्सले नेसन्स लिग फुटबलको सेमिफाइनलमा स्वीट्जरल्यान्डविरुद्धको खेलमा डेब्यु गरेका थिए । पछिल्लो समयमा उनी र पोर्चुगलका कप्तान तथा विश्वचर्चित खेलाडी क्रिष्टियानो रोनाल्डोबीच तुलना गर्न थालिएको छ । कतिपयले फिलिक्सले रोनाल्डोको विडोँ थाम्ने पनि विश्लेषण गर्दै आएका छन् ।
प्रतिक्रिया 4