२८ असार, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेश सिलवालले अब प्रशिक्षकहरु करारमा मात्र नियुक्त गर्ने बताएका छन् ।
पोखरामा शनिबार आयोजित कार्यक्रममा सदस्य सचिव सिलवालले अहिले भएकालाई नचलाउने बताए । अब नियुक्त गर्ने प्रशिक्षकहरु करारमा मात्र राख्ने भन्दै उनले भने, करार सम्झौतामै लेख्छु, म स्थायी हुने प्रक्रियामा भाग लिने छैन ।’
राम्रो गरे सम्झौता थप गर्ने र नगर्नेलाई निरन्तरता नदिइने उनले बताए । सदस्य सचिव सिलवाल भन्छन्, ‘कोचका नाममा राष्ट्रिय टिमलाई विगार्ने अधिकार छैन ।’
उनले खेलकुद विश्वविद्यालय खोल्ने सोच हतारमा आएको भन्दै राम्रो प्रशिक्षक केन्द्र नै पहिलो प्राथमिकतामा रहनुपर्ने बताए ।
कृतिम घाँसे मैदानको विरोध
राखेप सदस्य सचिव सिलवालले पोखरा रंगशालामा कृतिम घाँसे मैदान बनाउने योजनाको विरोध गरे । ‘कसको बुद्धि होमलाई थाहा छैन, पोखरा जस्तो प्रकृतिक सुन्दरी नगरीमा हामी आर्टिफिसियल ग्राउण्ड बनाउन गइरहेका छौं’ सिलवालले भने, ‘यस्तो पनि हुन्छ ?’
उनले मैदान मात्र नभए रंगशालाको समग्र डिजाइन नै कृतिम हुन नहुने धारणा राखे ।
१३ औं साग आफ्नो प्राथमिकतामा रहेको तर, पोखराको संरचना हेर्दा चुनौतीपूर्ण देखिएको बताए । कार्तिक १५ सम्म काम सक्नुपर्ने भन्दै ठेकदार कम्पनीलाई कार्यतालिकासहित ७ दिनभित्र राखेपको सम्पर्कमा आउन आग्रह गरेको बताए ।
प्रतिक्रिया 4