+

लुकाकुलाई इन्टरले राखेको प्रस्ताव अस्वीकृत

२०७६ साउन  ४ गते २०:०९ २०७६ साउन ४ गते २०:०९
लुकाकुलाई इन्टरले राखेको प्रस्ताव अस्वीकृत

काठमाडौं । बेल्जियमका स्ट्राइकर रोमेलु लुकाकुका लागि इन्टर मिलानले राखेको ६० मिलियन युरोको प्रस्ताव म्यानचेष्टर युनाइटेडले अस्वीकार गरेको छ ।

लुकाकु दुई वर्ष अगाडि इभर्टनबाट युनाइटेड आएका थिए । इन्टरका प्रशिक्षक एन्टोनिओ कोन्टेले लुकाकुलाई क्लबमा भित्र्याउन लक्ष्य राखेका छन् । उनले भने, ‘तपाईहरुलाई थाहा छ कि म यो खेलाडीलाई मन पराउँछु ।’

उनका अनुसार चेल्सीमा रहँदा पनि उनले लुकाकुलाई क्लबमा भित्र्याउन चाहेका थिए । अहिले पनि उनले क्लबमा भित्र्याउन चाहेको भन्दै कोन्टेले भनेका छन्, ‘हर्दै जाउँ के हुन्छ तर, आजसम्म लुकाकु युनाइटेडको खेलाडी हुन् ।’

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय