+

हडसनले गरे चेल्सीसँग पाँच वर्षे सम्झौता

२०७६ साउन  ८ गते ९:३६ २०७६ साउन ८ गते ९:३६
हडसनले गरे चेल्सीसँग पाँच वर्षे सम्झौता

८ साउन, काठमाडौं । क्यालम हडसन ओडोईले चेल्सीसँग पाँच वर्षका लागि नयाँ सम्झौता गरेका छन् ।

१८ वर्षीय हडसनले साताको एक लाख पाउण्ड पाउने गरी चेल्सीसँग पाँच वर्षका लागि नयाँ सम्झौता गरेका हुन् । चोटकै कारण मैदानबाहिर रहँदै आएका उनले चेल्सीबाट गएको सिजनमा २४ खेल मात्रै खेले । जसमा उनले पाँच गोल गर्न भने सफल भए ।

उनलाई अन्य क्लबबाट पनि प्रस्ता नआएको भने होइन । तर चेल्सीले उनलाई बेच्न चाहिरहेको थिइन । बायर्न म्युनिखले पनि उनलाई ३५ मिलियन पाउण्डमा आफ्नो क्लबमा भित्र्याउने प्रस्ताव राखेको थियो । तर चेल्सीले अस्वीकार गर्दै आफ्नै क्लबमा पाँच वर्षको लागि अनुबन्धन गरेको हो ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय