+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

कर्मचारी आन्दोलनले पर्साका स्थानीय तहमा काम ठप्प

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन ८ गते २०:००

८ साउन, वीरगञ्ज । कर्मचारीहरुको आन्दोलनका कारण पर्साका १३ स्थानीय तहको कामकाज ठप्प भएको छ ।  जनप्रतिनिधिले कर्मचारीमाथि कुटपिट गरेको भन्दै कर्मचारीहरुले सोमबारदेखि नै स्थानीय तहमा काम रोकेका हुन् ।

सखुवाप्रसौनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देश यादव र लेखापाल अखिलेश सहनीलाई आइतबार वडा नम्बर ६ का वडाअध्यक्ष लालबाबु यादवको समूहले दुव्र्यवहार गरेका थिए । त्यसको विरोधमा प्रमुख प्रशासकीय अधिकृतहरुको आव्हानमा १३ वटै स्थानीय तहका कर्मचारी कार्यालयको कामकाज ठप्प पारेका हुन् ।

वडाध्यक्षले पुरानो मितिमा आफ्नो वडामा उपभोक्ता समितिमार्फत जडान गरिएको सडक बत्तीको दुई लाख रुपैयाँको भुक्तानी गर्न दबाब दिएको र नमान्दा कुटपिट भएको प्रशासकीय अधिकृत यादवले बताए ।

तर अर्को पक्षले भने सखुवा पसौनी गाउँपालिका वडा नम्बर ६ मा भएको नाला निर्माण तथा ग्रेबल रोडको कार्य सम्पन्न भएको २ महिना बितिसक्दा समेत अधिकृत यादवले आल टाल गर्दै रकम निकासा नगरेको आरोप लगाएका छन् ।

वीरगन्ज महानगरपालिकामा भने अवरोध छैन ।

दुर्व्यबहार गर्नेहरुलाई पक्राउ गरी कारबाही नगरेसम्म आन्दोलन जारी राख्ने जीराभवानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमित गिरीले जानकारी दिए ।

‘संघीयता आएपछि कर्मचारी सबैतिरबाट चेपुवामा परेका छन्’ उनले भने जनप्रतिनिधिले पनि कानून विपरित काम गर्न दबाव दिने गरेका छन् ।’

पटेर्वासुगौली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज चौधरीलाई ज्यान मार्ने धम्की आएको कर्मचारीहरुको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?