+

ब्राजिल फर्किए ड्यानी अल्भेस

२०७६ साउन  १७ गते ११:१० २०७६ साउन १७ गते ११:१०
ब्राजिल फर्किए ड्यानी अल्भेस

काठमाडौं । भेट्रान फुटबलर ड्यानी अल्भेस ब्राजिल फर्किएका छन् । पेरिस सेन्ट जर्मेन (पीएसजी) छाडेर उनी ब्राजिलियन क्लब साओ पाओलो गएका हुन् ।

उनले डिसेम्बर २०२२ सम्मको सम्झौता गरेका छन् ।

३६ वर्षीय अल्भेसले सन् २००२ मा ब्राजिल छाडेका थिए । उनी बाहिआबाट सेभिया आएका थिए । २००८ देखि २०१६ सम्म बार्सिलोनामा आवद्ध भए ।

त्यसपछि एक सिजन युभेन्टस गएका उनी पछिल्लो दुई सिजन पेरिस सेन्ट जर्मेनमा थिए । हालै मात्र आफ्नो कप्तानीमा कोपा अमेरिका कप खेलेका उनले समग्रमा ४० औं उपाधि उचाले ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय