+

क्रिकेटर डेल स्टेनले सन्यास लिए

२०७६ साउन  २१ गते १३:१० २०७६ साउन २१ गते १३:१०
क्रिकेटर डेल स्टेनले सन्यास लिए

२१ साउन, काठमाडौं । दक्षिण अफ्रिकाका तिब्रगतिका बलर डेल स्टेनले टेष्ट क्रिकेटबाट सन्यास लिएका छन् ।

पछिल्लो पटक चोटग्रस्त बनेका डेलले टेष्ट क्रिकेट करिअरबाट सन्यास लिएका हुन् । सन् २००४ मा इंग्ल्यान्डविरुद्धको खेलमा डेब्यु गरेका डेलले ९३ टेष्ट खेलेका छन् ।

उनले बलिङतर्फ ४३९ विकेट लिएका छन् भने ब्याटिङतर्फ उनले दुई अर्धशतकसहित १२५१ रन जोडेका छन् । टेष्ट क्रिकेटमा डेलको सबैभन्दा राम्रो प्रदर्शन भनेको ५१ रनमा सात विकेट लिनु हो ।

सन्यास लिदै उनले टेष्ट खेल क्रिकेटको सबैभन्दा राम्रो फम्र्याट भएको बताएका छन् । अब एकदिवसीय अन्तर्राष्ट्रिय र टी–२० क्रिकेटमा ध्यान केन्द्रित बनाउने बताएका छन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय