+

नेपालले ओमानमा टी-२० क्रिकेट सिरिज खेल्ने

२०७६ साउन  २१ गते १६:३८ २०७६ साउन २१ गते १६:३८
नेपालले ओमानमा टी-२० क्रिकेट सिरिज खेल्ने

२१ साउन, काठमाडौं । नेपालले ओमान क्रिकेट संघको आयोजनामा हुने टी-२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज खेल्ने लगभग पक्का जस्तै भएको छ ।

ओमानले टी-२० विश्वकपको ग्लोबल छनोटलाई मध्यनजर गर्दै पाँच देशको सहभागितामा यहि अक्टोबरमा टी-२० अन्तर्राष्ट्रिय सिरिज आयोजना गर्दैछ । यो सिरिजमा नेपालले पनि भाग लिन लागेको नेपाली क्रिकेट टिमका म्यानेजर रमन शिवाकोटीले जानकारी दिए ।

विश्वकपको ग्लोबल छनोटमा पुग्ने टिमलाई समेटेर सिरिज आयोजना गर्ने ओमानको योजना थियो । तर, नेपाल भने विश्वकपको ग्लोबल छनोटमा पुग्न असफल बन्यो । तर, नेपाललाई पनि सहभागिता गराउन प्रयास गरिरहेको म्यानेजर शिवाकोटीले बताए । उनले भने, ‘अहिले नै टुंगो भने लागिसकेको छैन । तर यहि साताभित्र खेल्ने नखेल्ने भन्ने टुंगो लाग्छ । हामी पहल गरिहेका छौं । खेल्ने सम्भावना धेरै छ ।’

सिरिजमा आयोजक ओमानसँगै आयरल्यान्ड, नेदरल्यान्ड र हङकङ छन् । त्यस्तै, नेपालले पनि खेल्ने टुंगो लागेमा पाँच राष्ट्र हुनेछन् ।

तर नेपालले खेल्ने नखेल्ने विषयको टुंगो भने अन्तर्राष्ट्रिय क्रिकेट परिषद्(आईसीसी) ले लगाउने छ । नेपाल क्रिकेट संघ (क्यान) निलम्बन परेपछि आईसीसीले नेपाली क्रिकेट हेर्दै आएको छ ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय