जनकपुरधाम । नेपाल क्रिकेट संघ (क्यान) को प्रदेश २ अध्यक्षमा हिरा भगत निर्वाचित भएका छन् ।
महोत्तरीको बर्दिबासमा शनिबार भएको विशेष साधारणसभाले भगतको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति चयन गरेको हो । सुनिलकुमार महासेठ उपाध्यक्ष, अयुश श्रेष्ठ सचिव र पवनकुमार गुप्ता कोषाध्यक्ष चुनिएका छन् ।
सदस्यमा सप्तरीका सतिशकुमार सिंह, पर्साका डा. हरिशंकर प्रसाद साह र मुर्तुजा हवारी, सिरहाका अनिलकुमार शर्मा, महोत्तरीका अनिलकुमार साह र रोशन कुमार सिंह, सर्लाहीका निरज कार्की, धनुषाका आकाश पाण्डे, बाराका सुभाष जयसवाल चयन भएका छन् ।
प्रतिक्रिया 4