+
+

कश्मीर विवादमा शान्तिपूर्ण समाधान खोज्न मलेसियन प्रधानमन्त्रीको सुझाव

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज १३ गते १६:०६

काठमाडौं । मलेसियाका प्रधानमन्त्री महाथीर बिन मोहम्मदले कश्मीर समस्याको समाधान शान्तिपूर्ण माध्यमबाट खोज्न भारत र पाकिस्तानलाई सुझाव दिएका छन् ।

संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री मोहम्मदले कश्मीरको मुद्दा भारत र पाकिस्तानबीचको विवाद भएको भन्दै यसको समाधान शान्तिपूर्ण माध्यमबाट समाधान गर्न सुझाव दिएका हुन् ।

राष्ट्रसंघको १९३ सदस्य राष्ट्रका प्रतिनिधिहरू सहभागी महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री मोहम्मदले संयुक्त राष्ट्रसंघले जम्मू कश्मीरमा प्रस्ताव राखेपछि पनि आक्रमण तथा यसका क्षेत्रहरू कब्जा हुनु गलत भएको बताए । उनले भने, ‘आक्रमण तथा कब्जाका बारेमा कारण दिइएको छ तर यो गलत छ ।’

प्रधानमन्त्री मोहम्मदले भने, ‘यो तनावलाई सुल्झाउन भारतले पाकिस्तानसँग मिलेर काम गर्नुपर्दछ । संयुक्त राष्ट्रसंघको प्रस्तावलाई वेवास्ता गर्नाले राष्ट्रसंघप्रतिको दृष्टिकोणमा बेवास्ता गरेको नजिर त बन्न सक्ला । तर, यस्तो कार्यले कानूनी राज्यको सम्मान नगरे बराबर हुन्छ ।’

महाथीर मोहम्मद १५ बर्ष पछि निर्वाचनमा ऐतिहासिक जित हात पार्दै ९२ वर्षको उमेरमा सत्तामा फर्केका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?