+

दक्षिण अफ्रिकाविरुद्ध मयंकको दोहोरो शतक

२०७६ असोज  १६ गते १६:५० २०७६ असोज १६ गते १६:५०
दक्षिण अफ्रिकाविरुद्ध मयंकको दोहोरो शतक

१६ असोज, काठमाडौं । फ्रिडम टेष्ट ट्रफीको दोस्रो दिन भारतका मयंक अग्रवालले दक्षिण अफि्रकाविरुद्ध दोहोरो शतक बनाएका छन् । यससँगै भारतले ७ विकेटको क्षतिमा बनाएको ५०२ रनमा पारी समाप्तीको घोषणा गरेको छ ।

विशाखाटनममा विना विकेटको क्षतिमा बनाएको २०२ रनबाट भारतले दोस्रो दिनको खेल थालेको थियो । अग्रवाल ८४ र रोहित शर्मा ११५ रनबाट अघि खेल्न थालेका थिए । पहिलो विकेटका रुपमा आउट भएका शर्माले १७६ रन बनाए ।

तर अग्रवालले दोहोरो शतक पुरा गरे । पाँचौं विकेटका रुपमा आउट भएका उनले २१५ रन बनाए । भारतका कप्तान विराट कोहली मात्र २० रनमा आउट भए ।

दक्षिण अफ्रिकाका केवश महाराजले ३ विकेट लिए ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय