+

केही समय क्रिकेटबाट विश्राम लिन्छु : पारस खड्का

२०७६ असोज  २८ गते १५:२१ २०७६ असोज २८ गते १५:२१
केही समय क्रिकेटबाट विश्राम लिन्छु : पारस खड्का

२८ असोज, काठमाडौं । नेपाली क्रिकेट टिमको कप्तानी छाडेको घोषणा गरेका पारस खड्काले आफूले केही समय क्रिकेटबाट विश्राम लिने बताएका छन् ।

लामो समयसम्म नेपाली क्रिकेट टिमको कप्तानी गरेको र नेपाल क्रिकेट संघ क्यान निलम्बनमा परेपछि खेलाडी छनोटकर्ताको पनि भूमिकामा रहेका उनले केही समय विश्राम लिने बताएका हुन् ।

अनलाइनखबरसँगको कुराकानीमा उनले लामो समयसम्म दोहोरो भूमिकामा रहेकाले केही समय विश्राम लिन चाहेको बताए । ‘केही समय विश्राम लिन चाहन्छु त्यसपछि टिममा परेँ भने खेल्छु’ उनले भने । पारसले केही समयपछि सुरु हुने विभिन्न फ्रेन्चाइज लिगहरुमा खेल्ने वा नखेल्नेबारे पनि बताएनन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय