१७ कात्तिक, काठमाडौं । घरेलु टोली न्युजिल्यान्डले इंग्ल्यान्डविरुद्धको दोस्रो टी-२० क्रिकेट खेलमा जित हात पारेको छ ।
न्युजिल्यान्डले आइतबार भएको खेलमा इंग्ल्यान्डलाई २१ रनले पराजित गरेको हो । १७७ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको इंग्ल्यान्डले १९.५ ओभरमा सबै विकेटको क्षतिमा १५५ रन मात्रै बनायो ।
इंग्ल्यान्डका लागि डेविड मलनले ३९, क्रिस जोर्डनले ३६ र कप्तान इयोन मोर्गनले ३२ रन बनाए । न्युजिल्यान्डका लागि मिचेल साट्नरले तीन विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले २० ओभरमा आठ विकेटको क्षतिमा १७६ रन बनाएको थियो । उसका लागि जेम्स निशामले ४२ रन बनाउँदा ओपनर मार्टिन गुप्टिलले ४१ रनको योगदान दिएका थिए ।
यो जितसँगै न्युजिल्यान्डले पाँच खेलको टी-२० क्रिकेट सिरिजमा १-१ को बराबरी बनाएको छ ।
प्रतिक्रिया 4