+

दुई दिवसीय यू–१९ क्रिकेट लिग हुने

२०७६ कात्तिक  २४ गते १७:३५ २०७६ कात्तिक २४ गते १७:३५
दुई दिवसीय यू–१९ क्रिकेट लिग हुने

२४ कात्तिक, काठमाडौं । हिमालय क्रिकेट लिग (एचसीएल) दुई दिवसीय यू–१९ क्रिकेट प्रतियोगिता हुने भएको छ ।

ग्रेट हिमालय क्रिकेट एकेडेमीले आइतबार पत्रकार सम्मेलन गरी पुस १९ बाट माघ ४ गतेसम्म प्रतियोगिता मुलपानी क्रिकेट मैदानमा आयोजना हुने जानकारी गराएको हो । प्रतियोगितामा देशभरीका उत्कृष्ट ६ क्लब रहनेछन् ।

६ टिमलाई दुई समूहमा विभाजन गरी प्रतिस्पर्धा गराइने प्रतियोगिताको समूह विजेताले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा सेतो ड्रेस र रातो बल प्रयोग हुनेछ ।

करिब ५० लाख खर्च लाग्ने प्रतियोगिताको विजेता, उपविजेता र उत्कृष्ट खेलाडीहरुले नगदसहित ट्रफी पाउने छन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय