काठमाडौं । अफगानिस्तानलाई हराउँदै बंगलादेश इमर्जिङ टिम्स एसिया कपको फाइनलमा प्रवेश गरेको छ । अब उसले उपाधिका लागि पाकिस्तानसँग खेल्नेछ ।
बिहीबार भएको दोस्रो सेमिफाइनलमा अयोजक बंगलादेशले अफगानिस्तालाई ७ विकेटले हरायो ।
अफगानिस्तानले दिएको २२९ रनको लक्ष्य उसले ३९.५ ओभरमा मात्र ३ विकेट गुमाएर भेट्टायो । बंगलादेशका लागि शौम्य सरकारले ६१ रन बनाउँदा नजमुल सान्टोले ५९ रनको पारी खेले । अफिफ हुसेन ध्रुबो ४५ र यासिर अली चौधरी ३८ रनमा अविजित रहे ।
यसअघि पहिले ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा ९ विकेट गुमाएर २२८ रन बानाएको थियो । उसका लागि डार्विस अब्दुल रसुलले ११४ रनको पारी खेले पनि अन्य ब्याट्सम्यान चल्न सकेनन् ।