+

भारतले सागमा पुरुष फुटबल नखेल्ने !

२०७६ मंसिर  ९ गते १२:०० २०७६ मंसिर ९ गते १२:००
भारतले सागमा पुरुष फुटबल नखेल्ने !

९ मंसिर, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद सागको पुरुष फुटबलमा भारतले नखेल्ने सम्भावना बढेको छ । खेलाडीको नाम दर्ता नगराएकाले भारतले नखेल्ने चर्चा शुरु भएको छ ।

यसअघि नै पुरुष र महिला फुटबलको लागि ड्र भइसकेको छ र खेल तालिका पनि सार्वजनिक भइसकेको छ। तर अहिलेसम्म भारतले खेलाडी दर्ता नगराएपछि खेल्ने सम्भावना कमजोर बनेको हो।

यसबारे नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठसँग बुझ्दा उनले भारतले खेलाडीको नाम दर्ता नगराएको, तर नखेल्नेबारे अन्तिम निर्णय भइनसकेको प्रतिक्रिया दिए।

‘भारतको नामचाहिँ इन्ट्री भाछैन पुरुष फुटबलमा तर उनीहरुको डिआरएम मिटिङ भोलि छ। अब त्यो मिटिङबाट भारतको फुटबल टिम आउने-नआउने थाहा हुन्छ।’ संघीय सांसद समेत रहेका श्रेष्ठले भने, ‘त्यो मिटिङ सकिएपछि कुन खेलमा रहने/नरहने अन्तिम निर्णय हुन्छ ।’

पुरुष फुटबलमा पाकिस्तानबाहेक ६ राष्ट्रले खेल्ने पक्का भएपछि अखिल नेपाल फुटबल संघ (एन्फा)ले खेल तालिका सार्वजनिक गरिसकेको छ। जसमा भारत, श्रीलंका र माल्दिभ्स समूह ‘बी’ मा छन्।

२०१६ मा भारतमै भएको १२औं सागमा नेपालले भारतलाई फाइनलमा हराएर पुरुष फुटबलको स्वर्ण जितेको थियो।

यदl भारतले सहभागिता नजनाउने भएमा पुरुष फुटबलमा ५ राष्ट्र मात्र हुनेछन् र राउण्ड रोविन लिगको आधारमा खेल हुनेछ। त्यसका लागि फेरी ड्र गर्नुपर्नेछ।

महिलातर्फ भने नेपाल, भारत, माल्दिभ्स र श्रीलंका गरी चार राष्ट्र मात्र सहभागी छन्।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय