+
+

विराजको ‘साङ्लो’को एक्सनप्रधान ट्रेलर रिलिज

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष १८ गते १५:१४

नायक विराज भट्टको अभिनय तथा निर्देशनमा तयार भएको चलचित्र ‘साङ्लो’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा एक्सनप्रधान ट्रेलर रिलिज गरिएको हो ।

चलचित्रमा विराज भट्ट, निकिता चण्डक, जयनन्द लामा, कामेश्वर चौरासिया, प्रकाश शाह, आरपी पन्त लगायतका कलाकारको मुख्य भूमिका छ । मानकृष्ण महर्जनको छायांकन, श्री श्रेष्ठको एक्सन, अर्जुन जीसीको सम्पादन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, सुरेश अधिकारी र राजनराज सिवाकोटीको संगीत छ ।

यो चलचित्रलाई शिवम् अधिकारीले लेखेका हुन् । चलचित्रको ट्रेलरमा नायक विराज भट्टको एक्सन अवतार देख्न सकिन्छ । विराजको एक्सनले विशेषगरि, उनका फ्यानहरुलाई खुशी बनाउन सक्छ ।

एक्सन निर्देशक श्री श्रेष्ठको एक्सन कोरियोग्राफी उत्कृष्ट छ । निकिता चण्डक चलचित्रको ट्रेलरमा सो–पिस देखिएकी छिन् । यो चलचित्र माघको २४ गतेबाट रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?