+
+

प्रदेश ३ को राजधानी हेटौंडा र नाम वागमती राख्न सत्तापक्ष-प्रतिपक्षको संयुक्त प्रस्ताव दर्ता

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष २६ गते ११:३९

२६ पुस, हेटौंडा । प्रदेश ३ को राजधानी हेटौंडा र नाम वागमती राख्न सत्तारुढ र प्रतिपक्ष दलका सांसदहरुले संयुक्त प्रस्ताव दर्ता गरेका छन् ।

शनिबार प्रदेश सभा सचिवालयमा सत्तारुढ नेकपासहित प्रतिपक्षी दलहरु कांग्रेस, राप्रपा, राप्रपा संयुक्तलगायत दलले संयुक्त प्रस्ताव दर्ता गराएका हुन् ।

मुख्यमन्त्री एवम् नेकपा नेता डोरमणि पौडेलको यो प्रस्तावमा कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ, राप्रपाकी रीता माझी र राप्रपा (संयुक्त) की रीना गुरुङले समर्थन गरेका छन् ।

दुई जना सांसद रहेको नेमकिपा भने यसमा मौन छ ।

विवेकशील पार्टीले भने प्रदेशको नाम वागमतीमा सहमत हुँदै राजधानी काभ्रेको धुलिखेललाई बनाउनुपर्ने प्रस्ताव शनिबारै दर्ता गराएको छ ।

प्रदेशको नाम र राजधानीबारे शनिबार दिउँसो एक बजेदेखि छलफल हुँदै छ । आइतबार भने मतदान हुने छ । प्रदेशसभाको दुई तिहाइ बहुमतले नाम र राजधानी टुंगो लगाउनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?