+
+

रोग निको पार्ने आश्वसनमा बलात्कार ! पाष्टर पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष २८ गते २३:३६

२८ पुस, काठमाडौं । प्रहरीले जबरजस्ती करणी गरेको आरोपमा ललितपुरबाट एक जना पाष्टरलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ललितपुरको कुसुन्तीमा रहेको आशा विश्वासी मण्डली चर्चका पाष्टर ध्रुवबाबु भनिने विश्वास जोशी छन् ।

महानगरीय प्रहरी परिसर, ललितपुरका डीएसपी सन्तोष तामाङका अनुसार जोशीलाई सोमबार साँझ पक्राउ गरिएको हो । चर्चमा नियमित आइरहने एक महिलाले उजुरीले दिएपछि उनलाई पक्राउ गरेर अनुसन्धान थालिएको तामाङले बताए ।

प्रहरीका अनुसार पाष्टरले आफूसँग यौन सम्पर्क राखे रोग निको हुने आश्वसन देखाएर ती महिलालाई जबरजस्तीकरणी गरेका थिए ।

पछिल्लो पटक चापागाउँको एक गेष्ट हाउसमा बोलाएर उनले जबरजस्तीकरणी गरेको पीडितले दिएको जोहरीमा उल्लेख गरिएको छ ।

उनले नराम्रा काम गरेकाले रोग लागेको बताउँदै आफूसँग शारीरिक सम्बन्ध राख्दा पाप नष्ट हुने पनि आवश्सन दिने गरेको जोहरीमा भनिएको छ ।

तर, सम्बन्धबारे कसैसँग भने परमेश्वरले दिएको शक्ति नष्ट हुने भन्दै उनले धम्की समेत दिएको जनाइएको छ ।

पहिलो पटक महिलाले जोशीको विश्वासमा परेर उनले भनेअनुसार गरे पनि पटकपटक सम्बन्ध राख्न खोज्दा यो प्रकरण बाहिर आएको प्रहरीले जनायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?