Comments Add Comment

दुई वर्षामा को व्यस्त, को खाली ?

नेपाली चलचित्र क्षेत्रमा दुई वर्षा चर्चित छन् । नायिकाद्धय वर्षा राउत र वर्षा सिवाकोटी म्यूजिक भिडियो हुँदै चलचित्रमा व्यस्त छन् । यी दुई नायिकाको प्रतिस्पर्धाको खबर पनि मिडियामा नचलेका होइनन् ।

विशेषगरि, यो बर्ष नै रिलिज भएका ‘विर विक्रम २ र जात्रै जात्रा’मा यी दुई नायिकाको अभिनय थियो । एकैदिनमा दुई चलचित्र रिलिज भएकाले पनि मिडियामा दुई वर्षाको स्टारडम र सफलताको चर्चा भयो । यी दुई नायिकाको मित्रता चलचित्र रिलिजपछि खुबै देखियो । विरगञ्जमा आयोजना भएको ‘चलचित्र महोत्सव’मा पनि यी दुइको मित्रता झल्किएको थियो ।

नायिका वर्षा राउतले चलचित्र साइन नगरेको लामै समय भैसक्यो । यो वर्ष चलचित्र ‘जात्रै जात्रा’ चलेपछि वर्षा नयाँ चलचित्र साइन गर्न डराएकी छिन् । किनकी, गतबर्ष उनी अभिनित चलचित्र ‘चौका दाउ’ सुपरफ्लप भएपछि उनलाई नयाँ चलचित्र सोचेर मात्र साइन गर्नुपर्ने अवस्था छ । वर्षाको हातमा अहिले चलचित्र छैन । बरु, उनी एकपछि अर्को म्युजिक भिडियोमा व्यस्त छिन् ।

चलचित्र ‘चौका दाउ’ले इनिसियल व्यापार राम्रै गरेको भए वर्षा राउतको क्रेज र स्टारडमको राम्रै चर्चा हुन्थ्यो होला । तर, ‘जात्रै जात्रा’ सफलताको क्रेडिट उनलाई पूर्ण रुपमा गएन ।

नायिका वर्षा सिवाकोटीका चलचित्रले पनि बक्स अफिसमा खासै कमालको व्यापार गर्दैनन् । तर, वर्षा भने चलचित्रमा व्यस्त छिन् । ‘लक्का जवान’ चलचित्रको छायांकन सकेपछि वर्षाले ‘चालवाज’मा काम गरिरहेकी छिन् । यसपछि, उनी चलचित्र ‘सुदुर’मा काम गर्ने तयारीमा छिन् । वर्षाको ३ वटा चलचित्र पाइपलाइनमा देखिएका छन् ।

दुबै वर्षा काममा गम्भिर देखिन्छन् । तर, पनि चलचित्र क्षेत्रमा प्रवेश गरेसँगै यी दुइको तुलना भने हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment