Comments Add Comment

धरान उपमहानगरमा मंगलबार बिदा

६ माघ, काठमाडौं । धरान उपमहानगरपालिकाले पूर्वमेयर ध्यानबहादु राईको निधनको शोकमा मंगलबार बिदा घोषणा गरेको छ ।

नगर कार्यपालिका मातहतका कार्यालय, सामुदायिक तथा संस्थागत विद्यालयहरूमा बिदा दिइएको उपमहानगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले जानकारी दिए ।

२०४९ सालमा धरानको मेयर बनेका राईको उपचारका क्रममा सोमबार निधन भएको हो । ६० वर्षीय राई क्यान्सरका बिरामी थिए ।

प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललगायतले उनको निधनमा दुःख व्यक्त गरेका छन् ।

यो पनि पढ्नुहोस प्रधानमन्त्रीले सम्झिए ध्यानबहादुर राईको योगदान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment