१६ माघ, काठमाडौं । क्रिकेटर सोमपाल कामीले बिहीबार धनगढीकी प्रतिभा घिमिरेसँग विवाह गरेका छन् ।
चोटका कारण राष्ट्रिय टिमबाट बाहिर रहेका बेला सोमपालले केही वर्षयताको आफ्नो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् ।
उनी काठमाडौंमा हुने आईसीसी विश्व क्रिकेट लिग २ खेल्ने टिममा सोमपाल छैनन् । धनगढीमा क्रिकेट खेल्न जाँदा उनीहरुको भेट भई प्रेम सम्बन्ध सुरु भएको थियो ।
प्रतिक्रिया 4