Comments Add Comment

कांग्रेसलाई सरकारको जवाफ : अदालतबाट निर्दोष प्रमाणित गरेर आउनुस्

२३ माघ, काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले ललिता निवास प्रकरणमा राजनीतिक पूर्वाग्रह राखेको विजयकुमार गच्छदारमाथि मुद्दा चलाएको कांग्रेसको आरोप अस्वीकार गरेका छन् ।

अख्तियारले बुधबार मात्र गच्छदारसहित १७५ जनामाथि मुद्दा दायर गरेको थियो । राजनीतिक पूर्वाग्रहका आधारमा गच्छदारलाई मुद्दा चलाइएको भन्दै कांग्रेसले बिहीबार प्रतिनिधिसभा बैठक नै अवरुद्ध गरेको छ ।

तर सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री बास्कोटाले भने यो मुद्दामा कुनै पूर्वाग्रह नराखिएको बताए । ‘यहाँ लाल फित्ताधारी र स्वेत फित्ताधारीको व्यवहार भएको छैन । यो कानुन प्रयोजनको कुरा हो’ उनले भने ।

मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटोले भने, आरोप र पूर्वाग्रह स्वीकार गर्नुपर्दैन । तथ्य त स्वीकार गर्नुपर्‍यो नि । तथ्य नै गलत छन् भने उहाँले अदालतमा राख्नुपर्‍यो र आफू निर्दोष प्रमाणित भएर आउनुपर्‍यो । फेरि सरकारले समातेर लगेर तँ दोषी नै होस् भनेर सरकारले करार गर्दैन ।’

‘दोषी ठहर हुनुभयो हाम्रो के लाग्छ र ?’ उनले अघि भने ।

मन्त्री बास्कोटाले अदालतले जे फैसला गर्छ सरकारले त्यही कार्यान्वयन गर्ने बताए ।

‘प्रक्रिया सुरु भयो अब अदालतमा गएको छ । अब अदालतले जे फैसला गर्छ त्यो नै अन्तिम फैसला हुन्छ । त्यो नै सरकारले कार्यान्वयन गर्ने हो । दोषी ठहरिनु भयो भने त के लाग्छ त बाबा ? हामी केही पनि गर्न त सक्दैनौं’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment