
८ माघ, बाजुरा । बाजुरामा ४.३ रेक्टरको भूकम्प गएको छ ।
जिल्लाको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिका र हुम्ला जिल्लाको सिमाना केन्द्रबिन्दु भएर बुधबार राति ९ः१३ मिनेटमा भूकम्प गएकोे भूकम्प मापन केन्द्र, सुर्खेतले जनाएको छ ।
भूकम्पबाट क्षति भएबारे अहिलेसम्म कुनै जानकारी प्राप्त नभएको बाजुराका प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेले अनलाइनखबरलाई जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय, बाजुराले भूकम्पपछिको अवस्थाबारे जानकारी गराउन मातहतका कार्यालयलाई निर्देशन दिएको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4