+
+

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण बुधबार ९ बजे

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन २० गते १९:२०

२० फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको भोलि ९ बजे पुनः मिर्गौलमा प्रत्यारोपण गरिने भएको छ ।

त्यसको अघिल्लो दिन मंगलबार डायलासिस गर्नुका साथै अरु चेकजाँच भइसकेको छ । ‘उहाँको सबै रिपोर्ट सामान्य आएको छ । भोलि विहान ९ बजे प्रत्यारोपण सुरु हुन्छ’, प्राध्यापक डा. अरुण सायमीले सञ्चारकर्मीहरुसँग भने ।

मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली सोमबार नै त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए । उनलाई नाताले भान्जी पर्ने युवतीले मिर्गौला दिने भएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?