काठमाडौं । डकवर्थ लुइस अर्थात डिएल मेथड अहिले क्रिकेटमा चर्चित शब्दावली बनेको छ । सिमित ओभरको क्रिकेटमा वर्षाबाट प्रभावित खेललाई यही नियमले निर्णायक भूमिका खेल्छ ।
यही नियम प्रतिपादन गर्ने दुई मध्ये एक व्यक्त टोनी लुइसको निधन भएको छ । फ्रान्स डकवर्थ र टोनी लुइसले मिलेर यो नियम बनाएका थिए । त्यसैले यसको नाम डकवर्थ लुइस राखिएको थियो ।
लुइसको ७८ वर्षको उमेरमा बिहीबार निधन भएको हो । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले पनि उनको निधनमा भावुकपूर्ण सन्देश पठाएको छ । लुइसले सेफिल्ड युनिभर्सिटीबाट गणित र स्ट्याट्समा ग्राजुयट गरेका थिए ।
क्रिकेट विवादित निर्णयबाट भन्दा फियर माध्यममा निर्ण गर्न दुई जनाले यो गणितीय नियम बनाएका थिए । जुन १९९२ को विश्वकपबाट लागू भएको थियो । उनीहरुको नयाँ सिस्टम १९९७ मा इंग्ल्याण्ड र जिम्बाव्वेविरुद्बको खेलमा प्रयोग गरिएको थियो ।
दुई जना मिलेर बनाएको यो मेथडलाई सन् १९९७ मा आईसीसीमा पेश गरिएको थियो र ईसीसीले १९९९ मा यसलाई आधिकारिक मान्यता दिएको थियो ।
सन् २०१० मा क्रिकेट र गणितमा योगदान गरेवापत लुइसलाई ब्रिटेनले प्रतिष्ठित एमबीईबाट सम्मान गरेको थियो ।
डकवर्थ र लुइसले सन्यास लिएपछि स्टेफेन स्टेर्नले यो नियमलाई सम्हाल्दै आएका थिए । यो सिस्टममा उनको नाम सन् २०१४ मा राखिएको थियो ।
सन् २०१४ मा डकवर्थ लुइस स्टेर्न अर्थात डिएलएस राखिएको थियो । इंग्ल्याण्ड तथा वेल्स क्रिकेट बोर्ड (ईसीबीले) लुइसको निधनमा दु:ख व्यक्त गरेको छ ।
प्रतिक्रिया 4