+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

‘गाउँ फर्किन चाहनेलाई यातायात र खानपिन बन्दोबस्त गर’

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ५ गते १८:५८

५ वैशाख, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई संलग्न कोरोना महाव्याधिविरुद्ध सार्वजनिक पहलले गाउँ फर्कन चाहने किसान र मजदुरका लागि यातायात र खानपिनको बन्दोबस्त गर्न सरकारलाई आग्रह गरेको छ ।

शुक्रबार एक अपिल जारी गर्दै उनीहरुले कार्यस्थलमा बस्न चाहने श्रमिक र तिनका परिवारलाई भोजन र बसोबास व्यवस्था गर्न र गाउँ फर्किन चाहनेका लागि यातायातको व्यवस्था गर्न आग्रह गरेको हो ।

उद्योग तथा व्यवसाय र साना–ठूला परियोजनामा काम गर्ने मजदूर गाउँ फर्कनुपर्ने अवस्था आएमा सम्बन्धित परियोजना वा ठेकेदारको समन्वयमा घरसम्म पु¥याउन, गाउँ फर्किसकेपछि क्वारेन्टिन वा निगरानीमा राख्न पनि आग्रह गरेको छ ।

आफ्नो घर खेत नभएका र खान बस्न अप्ठेरो भएका अति–विपन्नको लागि स्थानीय सरकारले समुदायसँगको सहकार्यमा व्यवस्था मिलाउने गरी सरकारले वित्तीय कार्यक्रम घोषणा गर्न पनि आग्रह गरेको छ ।

पहलले भारतमा कार्यरत लाखौं मजदूरलाई नेपाल छिर्न नदिइएकोले उनीहरु लुकिछिपी नेपाल प्रवेश गर्ने गरेको भन्दै सेफ प्याकेज निर्माण गरी गाउँ जान दिन पनि आग्रह गरेको छ ।

‘जसरी पनि देशभित्र छिरी आफ्नो गाउँ जान चाहने नेपाली मजदूर र किसानको लागि ‘सेफ प्यासेज’ निर्माण गरी गाउँ जान दिनु नै उचित हुन्छ । त्यसो गर्दा संक्रमणबाट जोगिने सावधानीहरु अपनाउन अति जरुरी हुन्छ’ अपिलमा भनिएको छ ।

पहलमा डा. भट्टराईसँगै सांसद प्रदीप गिरि, व्यवसायी कृष्ण आचार्य, अर्थशास्त्री डा. कल्याणराज शर्मा, सूचना प्रविधि विज्ञ दोभान राई, सामाजिक अभियन्ता प्रदीप परियार, ब्रबिम कुमार, अर्थविद मनोज पौडेल, अर्थशास्त्री डा. रेशम थापा, अधिकारकर्मी लुना रञ्जित, चिकित्सक डा. लोचन कार्की, जनस्वास्थ्य विज्ञ डा. ल्हामो शेर्पा, राजनीतिकर्मी विश्वदीप पाण्डे, शहरी शासन विज्ञ डा. सविन निगलेखु, सांसद सुरेन्द्र यादव, सुरक्षा विज्ञ सुरेन्द्र शाह र राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. स्वर्णिम वाग्ले रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?