+
+

दाङमा स्थानीयस्तरमै सेनिटाइजर उत्पादन   

रासस रासस
२०७७ वैशाख १९ गते १७:२४
Photo Credit : RSS

१९ वैशाख, लमही । बजारमा अभाव भएका समयमा यहाँका युवाले स्यानिटाइजर उत्पादन सुरु गरेका छन् । तुलसीपुरका विभिन्न सामाजिक संस्थामा संलग्न युवाले स्यानिटाइजर उत्पादन थालेका हुन् ।

कोभिड-१९ को संक्रमणबाट बच्न साबुनपानीले हात धुने र स्यानिटाइजरको प्रयोग गर्नेको संख्या बढेपछि बजारमा सेनिटाइजर अभाव भएको छ । तुलसीपुर उद्योग वाणिज्य संघको आयोजना तथा युएसएआइडीको आर्थिक सहयोगमा तालिम लिएपछि जेसिज, रोट्याक्ट, निजी अस्पताल र महिला उद्यमीले संयुक्त रुपमा स्यानिटाइजर उत्पादन आरम्भ गरेको व्यवसायी विनिल केसीले जानकारी दिए ।

यस क्षेत्रका ५० स्वयंसेवीलाई तालिम दिइएको र उनीहरूले पहिलो पटक एक हजार दुई सय ५० लिटर स्यानिटाइजर उत्पादन गर्ने उनले बताए । विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार उत्पादित सेनिटाइजर स्थानीय सरकारको समन्वयमा तुलसीपुर उपमहानगरपालिकाका १९ वटा वडाका स्वास्थ्य संस्थालाई पहिलो चरणमा निःशुल्क वितरण गरिने उद्योग वाणिज्य संघका अध्यक्ष विरु रावतले जानकारी दिए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?