+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

इलाममा सशस्त्र प्रहरी र विप्लव समूहबीच मध्यराति गोली हानाहान

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २३ गते १२:२०

२३ वैशाख, इलाम । इलामको माई नगरपालिका-९, बोरुङमा सशस्त्र प्रहरी र प्रतिबन्धित विप्लव समूहका कार्यकर्ताबीच गोली हानाहान भएको छ ।

राति १ बजे विशेष सुराकीको आधारमा दानाबारी र चिसापानीबाट गएको टोलीले स्थानीय धनबहादुर लिम्बुको घरमा घेरा हालेपछि विप्लव समूहको सेन्ट्रीले गोली चलाएको हो । त्यसपछि सशस्त्र प्रहरीले ७ राउण्ड जवाफी फायर गरेको थियो ।

घटनास्थलबाट विप्लव समूहका इलाम जिल्ला इञ्चार्ज हिम भन्ने पुष्प कोइराला, कार्यकर्ता जलन शेर्पा र सौरभ तामाङ पक्राउ परेका छन् । उनीहरूको साथबाट १९ वटा डेटोरनेटर फ्युज, फ्युज र डेटोनेटर लगाउँदा पड्किने गरी तयार गरिएको एउटा प्रेसर कुकर, विष्फोटक पदार्थ बनाउन प्रयोग गरिने कच्चा पदार्थ तीन किलो, बाइनाकुलर लगायत बरामद भएको सशस्त्र प्रहरीको बराह बाहिनी, पकलीका डीआईजी नगेन्द्र थापाले अनलाइनखबरलाई बताए ।

थप अनुसन्धानका लागि पक्राउ परेका व्यक्ति र बरामद सामग्री नेपाल प्रहरीको जिल्ला कार्यालय, इलाममा बुझाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?