
११ जेठ, जुम्ला । जुम्लामा लकडाउन उल्लङ्घन गर्ने र सवारी पास दुरुपयोग गर्नेलाई प्रहरीले नियन्त्रणमा लिई कारबाही गरेको छ ।
गत चैत १० देखि जेठ १० गतेसम्म ६७१ सवारीसाधनलाई प्रहरीले नियन्त्रण लिई कारवाही गरेको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताए ।
कारबाहीमा पर्नेमा ९६ चारपांग्रे ठूला सवारी साधन र ५ सय ७५ दुईपाङ्ग्रे मोटरसाइकल छन् ।
निश्चित प्रयोजन र समयावधिका लागि भनी तोकिएको पासलाई अवधि समाप्त भएपछि वितरित पासको प्रयोग गरी दुरुपयोग गरेको पाइएकाले सवारी साधन नियन्त्रणमा लिएर कारवाही गरेको प्रशासनले जनाएको छ । कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन तथा रोकथामका लागि लकडाउन गरिएकाले पालना गर्न गराउन थप कडाइ गरिएको प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4