
१८ जेठ, काठमाडौं । रुसमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेको संख्या चार लाख नाघेको छ । आइतबार रुसले सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा रुसमा नौ हजार २६८ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका हुन् । यससँगै रुसमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या चार लाख पाँच हजार ८४३ पुगेको हो ।
साथै पछिल्लो २४ घण्टामा रुसमा कोरोना भाइरसबाट १३८ जनाको मृत्यु भएको छ । यससँगै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या चार हजार ६९३ पुगेको छ । रुस संक्रमित संख्याको हिसाबमा ब्राजिल र अमेरिकापछि सबैभन्दा धेरै प्रभावित मुलुक हो श्र
यद्यपि रुसमा कोरोना भाइरसबाट मृत्यु हुने मृत्युदर भने अन्य मुलुकको तुलनामा कम छ । मृतकको संख्यामा भने रुसले चीनलाई पनि पछि पारेको छ । अहिलेसम्म चीनमा कोरोना भाइरसको कारण चार हजार ६३४ जनाको मृत्यु भएको छ ।
स्रोत : अलजजिरा
प्रतिक्रिया 4