+
+

‘भीआईपी’ जुवाडेलाई ५ दिन हिरासतमा राख्न अनुमति

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २० गते १४:३३
फाइल फोटो

२० जेठ, काठमाडौं । महानगरीय प्रहरी वृत्त, दरबारमार्गले गएराति चलाएको अपरेशनमा पक्राउ परेका ८ जना व्यवसायीलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ ।

मुलुकी अपराध संहिताको जुवा सम्बन्धी कसूरमा अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले प्रहरीलाई अनुमति दिएको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले अनुसन्धानका लागि ५ दिनको म्याद दिएको काठमाडौं प्रहरीका डीएसपी राजकुमार केसीले अनलाइनखबरलाई बताए ।

प्रहरीले कमलादीस्थित गगौंर होटलमा जुवा खेलिरहेका वेला रामचन्द्र सांघाइ, अशोक अग्रवाल, पुरुषोत्तम अग्रवाल, सुरेश अग्रवाल, गोविन्द अग्रवाल, नन्द शर्मा, विमल खेतान, विमल आउजा र निक्की जोगाइलाई पक्राउ गरेको थियो । उनीहरू सबै मुलुकका प्रतिष्ठित व्यपारिक घरानासँग जोडिएका व्यक्ति हुन् ।

उनीहरुको साथबाट २ लाख ७७ हजार रुपैयाँ बरामद भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?