+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

ठेलामा राखेर उपचार गराउन लैजाने सिं‌खडा परिवारलाई सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २२ गते २०:१४
डम्बरबहादुर आफ्नी बिरामी पत्नीका साथ ।

२२ जेठ, काठमाडौं । एम्बुलेन्सलाई तिर्ने पैसा नभएर डालासिस गराउन श्रीमतीलाई ठेलामा राखेर अस्पताल लैजाने डम्बरबहादुर सिंखडाले आर्थिक सहयोग पाएका छन् ।

गत जेठ ११ गते अनलाइनखबरमा उनको कथा प्रकाशित भएपछि उनलाई  २ लाख भन्दा बढी आर्थिक सहयोग भएको छ । क्यानाडामा काम गर्ने नेपाली विद्यार्थी कुवेर विष्ट र उनका साथीहरुले ३२ हजार ६ सय ४९ रुपैयाँ सहयोग गरेका छन् ।

क्यानडाकै अर्को एक समूहले  सिम्खडालाई १ लाख ७० हजार रुपैयाँ भन्दा बढी आर्थिक सहयोग गरेको छ । उक्त समुहले आफ्नो नाम उल्लेख नगर्न अनलाइनखबरलाई आग्रह गरेको छ।

उनी धादिङको गंगा जमुना गाउँपालिका गलनेका डम्बरबहादुर सिम्खडाले मिर्गौलारोगी श्रीमतीलाई डायलासिस गराउन सामाखुशीस्थित डेराबाट वीर अस्पतालसम्म ठेलामा राखेर ल्याउने लैजाने गर्दै आएका छन् । उनले ट्याक्सीलाई तिर्ने रकम नहुँदा यसरी ठेलामा ल्याउने लैजाने गर्नुपरेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?