+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

जुम्लामा मास्क लगाएर रोपियो मार्सीधान

रासस रासस
२०७७ जेठ २७ गते १९:३४
फाइल तस्वीर

२७ जेठ, खलंगा । जुम्ला सदरमुकाम खलंगा बजारमा रहेको कर्णालीकै धार्मिकस्ल चन्दननाथ भैरवनाथ मन्दिरभित्रको खेतमा कालीमार्सी धान रोपिएको छ । प्राचीनकालदेखि बाजागाजाहित रोपिने सो खेतमा यसपटक भने कोरोनाका कारण मास्क लगाई सामाजिक दुरी कायम गरी रोपिएको चन्दननाथ भैरवनाथ गुठी व्यवस्थापन समितिका खरिदार रत्न आचार्यले बताए ।

गुठी व्यवस्थापन समितिले यसअघि प्रत्येक वर्ष विधिवत् तरिकाले रोप्दै आए पनि कोरोना भाइरसका जोखिमका कारण कुनैपनि धार्मिक गतिविधि र खेतमा कालीमार्सी धान रोपिएको गुठि व्यवस्थापन समितिले जनाएको छ ।

मार्सी धान जुम्लाको पहिचान हो । मन्दिरको खेतमा उत्पादित धानको चामल परम्परागत रुपमा अक्षता चढाउनका लागि प्रयोग हुने गरेको छ । मन्दिरको खेतमा मार्सीधान रोपाइँका लागि सबै क्षेत्रबाट सहयोग मिलेको छ । मार्सी चामलले बजार पाउन थालेपछि धान जोगाउन स्थानीयवासीले पनि अगुवाइ गर्दै आएका छन् । स्थानीय महिला, विद्यार्थी, शिक्षकलगायतको सहभागितामा रोपिने सो खेतमा यस पटक कोरोनाका कारण मन्दिर वरपरका बासिन्दा र चन्दननाथ सहकारीको सहयोगमा धान रोपिएको सहकारी प्रमुख ऋषिराम पाण्डेले बताए । सो मन्दिरको २४ मुरी खेतमा प्रत्येक वर्ष मार्सीधानको रोपाइँ गरिन्छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?