
२८ जेठ, काठमाडौं । धनुषामा गएराति एक जना युवकको हत्या भएको छ । घरमै रहेका बेला बोलाएर दुई सय मिटर पर पुगेपछि गोली हानी २५ वर्षीय अरुण मण्डलको हत्या भएको हो ।
प्रदेश नं. २ का प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहले अनलाइनखबरलाई बताएअनुसार घटना सबैला नगरपालिका–७ को हो । ‘घर छेउमा पोखरीको डिलमा लगेर गोली हानेको देखिन्छ’, उनले भने, ‘थप अनुसन्धान गरिरहेका छौं ।’
अनुसन्धानमा संलग्न जिल्ला प्रहरी कार्यालय, धनुषाका एक अधिकृतका अनुसार चिनजानकै व्यक्तिले बोलाएपछि उनी घरबाट निस्किएका थिए । त्यसैले व्यक्तिगत रिसिइबीका कारण घटना भएको हुन सक्ने आशंका गरिएको छ ।
यद्यपि, आरोपित पक्राउ परेपछि मात्रै हत्याको कारणबारे खुल्नेछ । प्रहरीका अनुसार मण्डलको कन्चटमा गोली लागेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4