+

प्रिमियर लिगमा एक जनामा कोरोना संक्रमण

२०७७ जेठ  २९ गते ९:५७ २०७७ जेठ २९ गते ९:५७
प्रिमियर लिगमा एक जनामा कोरोना संक्रमण

२९ जेठ, काठमाडौं । प्रिमियर लिगमा पछिल्लो पटक गरिएको कोरोना भाइरस परीक्षणमा थप एक जनालाई संक्रमण देखिएको छ ।

प्रिमियर लिगले गरेको सातौं चरणको परीक्षणमा एक जनामा कोरोना देखिएको लिगले जनाएको छ ।

पछिल्लो पटक जुन ८ र ९ मा १२ सय १३ खेलाडी र स्टाफमा परिक्षण गर्दा एक जनामा पोजेटिभ देखिएको हो । संक्रमितको नाम गोप्य राखिएको छ ।

अहिलेसम्म प्रिमियर लिगमा सात चरणमा गरेर कूल ७ हजार ४८७ जना खेलाडी र स्टाफको कोरोना भाइरस परिक्षण हुँदा १४ जनामा पोजेटिभ देखिएको छ ।

कोरोना महामारीका कारण गत मार्चदेखि रोकिएको प्रिमियर लिग फेरि सुरु गर्ने तयारी भइरहँदा खेलाडी र स्टाफको विभिन्न चरणमा परीक्षण भइरहेको छ ।

प्रोजेक्ट रिस्टार्ट अन्तर्गत यही जुन १७ देखि प्रिमियर लिग फेरि सुरु हुँदैछ । लिगमा अझै ९२ खेल बाँकी छन् । लिभरपुल म्यानचेष्टर सिटीलाई २५ अंकले पछि पार्दै शीर्ष स्थानमा छ र उसलाई उपाधि जित्न २ जित मात्रै आवश्यक छ ।

कोरोना भाइरस प्रिमियर लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय