Comments Add Comment

रविना भन्छिन्–‘बलिउडमा ‘क्याम्पबाजी’ खुबै हुन्छ’

नायक सुशान्त सिंह राजपुतको निधनपछि बलिउडमा परिवारवाद र समूहवादको मुद्दा फेरि चर्किएको छ । भारतको पटनामा निर्माता करण जोहरको पुत्ला समेत जलाइएको छ । बलिउडमा करणले सबैभन्दा धेरै परिवारवाद चलाएको आरोप दर्शकको छ।

यो विषयमा बलिउड नायिका रविना टन्डनले पनि आफ्नो भनाइ सार्वजनिक गरेकी छन् । उनले बलिउडमा क्याम्पको खेल खुबै हुने गरेको र आफू पनि परिवारवादको शिकार भएको बताएकी छन्।

रविनाले लेखेकी छन्–‘बलिउडमा गर्ल ग्याङ छ । क्याम्प पनि छ । मानिसहरूको मजाक उडाइन्छ । यहाँ नायक, उसको प्रेमिका, पत्रकार र नजिकका मानिसहरूको झूटो खबरका कारण मलाई चलचित्रबाट निकालिएको थियो । कैयौं पटक करिअर बर्बाद हुन्छ, तपाईंलाई यहाँ टिक्नका लागि संघर्ष गर्नु जरुरी छ । कोही यहाँ टिक्न सक्छन् त कतिपयले सक्दैनन् ।’

रविनाले साँचो कुरा गर्दा बलिउडमा झुटो, पागल, साइको घोषणा गर्ने र मिडियाले ठूला ठूला अक्षरमा त्यसलाई लेख्ने पनि उल्लेख गरेकी छन् । उनले आफूलाई बलिउडले धेरै कुरा दिएको तर यहाँ हुने गरेको राजनीतिले भने मन अमिलो हुने गरेको बताएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment