+

इङ्ग्ल्याण्ड जाने टिमका तीन पाकिस्तानी क्रिकेटरलाई कोरोना संक्रमण

२०७७ असार  ९ गते ९:०७ २०७७ असार ९ गते ९:०७
इङ्ग्ल्याण्ड जाने टिमका तीन पाकिस्तानी क्रिकेटरलाई कोरोना संक्रमण

९ असार, काठमाडौं । इंग्ल्याण्ड टुरका लागि घोषित पाकिस्तान राष्ट्रिय क्रिकेट टिमका तीन क्रिकेटरलाई कोरोना संक्रमण भएको छ । स्पीनर शदाब खान, युवा ब्याटसम्यान हैदर अली र फास्ट बलर हरिस राउफलाई कोरोना संक्रमण भएको पकिस्तान क्रिकेट बोर्डले जनाएको छ ।

इंग्ल्याण्ड टुरअघि पाकिस्तानलाई यसले ठूलो धक्का लागेको छ ।

युवा खेलाडी हैदर पहिलो पटक राष्ट्रिय टिममा परेका थिए । पछिल्लो परिक्षणमा तीन खेलाडीको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

रिपोर्टका अनुसार परीक्षण अघि उनीहरुमा कुनै लक्षण देखिएको थिएन । इंग्ल्याण्ड जानुअघि रावलपिण्डीमा उनीहरुको परीक्षण गरिएको थियो । अब उनीहरु आइसोलेसनमा रहनेछन् । इंग्ल्याण्ड जाने/नजानेबारे भने बोर्डले कुनै निर्णय गरेको छैन ।

टोलीमा रहेका इमाद वासिम र उस्मान शिनवारीको पनि परीक्षण हुँदा उनीहरुको रिपोर्ट नेगेटिभ आएको थियो ।

यसअघि पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदीलाई पनि कोरोना संक्रमण भएको थियो ।

कोरोना भाइरस पाकिस्तान क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय