
१० असार, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट सवारी पास बनाइदिने भन्दै घुस लिने एक जना पक्राउ परेका छन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंमा लेखापढी व्यवसाय गर्ने खेमराज सापकोटालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मंगलबार पक्राउ गरेको हो ।
सापकोटाले सवारी पास बनाइदिने भन्दै सेवाग्राहीबाट ३ हजार रुपैयाँ घुस लिएका थिए ।
उनलाई घुससहित जिल्ला प्रशासन कार्यालय काठमाडौंको नजिकको लेखापढी सेन्टरबाट नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको अख्तियारका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4