
नायक सुशान्त सिंह राजपुतको निधनपछि बलिउडमा परिवारवादको मुद्दा गर्माएको छ । नायिकाहरू आलिया भट्ट, सोनाक्षी सिन्हा, जान्हवी कपुरलगायतका कलाकारहरूको सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।
सुशान्तलाई बलिउडका ठूला निर्माताहरूले काम नदिएको, उनीहरूले बलिउडमा परिवारवादलाई प्रश्रय दिएकोलगायतको आरोप लागिरहेको छ । नायक सुशान्त सिंहलाई बलिउडका सफल निर्देशक राजकुमार हिरानीले ‘सञ्जु’ नामक चलचित्रमा काम गराउने आश्वासन दिएर पनि काम नदिएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।
चलचित्र ‘पीके’मा केमियो भूमिकाका लागि सुशान्तलाई हिरानीले अफर गरेका थिए । सो समयमा सुशान्तले हिरानीलाई आमिर खानको मुख्य भूमिका रहेको चलचित्रमा काम गर्दा के फाइदा हुन्छ र भनेर प्रश्न गरेका थिए । सो समयमा हिरानीले सुशान्तलाई आफ्नो नयाँ चलचित्रमा खेलाउने आश्वासन दिएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।
तर पछि यो कथामा नायक रणवीर कपुरले रुचि देखाएपछि हिरानीले उनलाई नै लिएर चलचित्रमा काम गरेका थिए । यो चलचित्र ब्लकबस्टर भयो। तर एउटा राम्रो कथामा काम गर्ने अवसर सुशान्तले भने गुमाए।
प्रतिक्रिया 4