+

सागमा पदक विजेता खेलाडी र प्रशिक्षकलाई नगद पुरस्कार

२०७७ असार  १० गते १५:३१ २०७७ असार १० गते १५:३१
सागमा पदक विजेता खेलाडी र प्रशिक्षकलाई नगद पुरस्कार

१० असार काठमाडौं । ललितपुरको गोदावरी नगरपालिकाले गत मंसिरमा नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जितेका खेलाडी र प्रशिक्षकलाई नगद पुरस्कारसहित सम्मान गरेको छ ।

नगरपालिकाले आफ्नो नगर सभाको अवसर पारेर नगरबासी पदक विजेता खेलाडी र प्रशिक्षकहरुलाई नगद पुरस्कारसहित सम्मान गरेको हो ।

खेलाडीमा उसु तर्फ़ कास्य पदक विजेता निकेस श्रेष्ठलाई १ लाख र प्रशिक्षकमा करातेको कुमितेका दीपक श्रेष्ठ र करातेकै काताका गंगाराम महर्जनलाई जनही दुई लाख पुरस्कारसहित सम्मान गरिएको हो ।

उनीहरुलाई मेयर गजेन्द्र महर्जनले नगद पुरस्कार र सम्मान पत्र दिए ।

खेलकुद गोदावरी नगरपालिका
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय