२५ असार, काठमाडौं । फरवार्ड मोहमद सालाहले दुई गोल गरेपछि च्याम्पियन बनिसकेको लिभरपुलले प्रिमियर लिगमा ब्राइटनलाई ३-१ ले पराजित गरेको छ ।
यस सिजनको ३०औं जितपछि लिभरपुलले ३४ खेलबाट ९२ अंक जोडेको छ र १०० अंक पूरा अभियानमा छ । अब लिगमा चार खेल बाँकी छ ।
घरेलु मैदान एनफलिडमा भएको खेलमा सालाहले खेलको छैटौं मिनेटमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । दुई मिनेटपछि नै कप्तान जोर्डन हेन्डरसनले गोल गर्द लिभरपुलको अग्रता दोब्बर पारे ।
पहिलो हाफको अन्तिम समयमा ब्राइटनका लियोनार्दो ट्रोसार्डले गोल गर्दै अग्रतालाई छोट्याएका थिए । तर ७६औं मिनेटमा सालाहले व्यक्तिगत दोस्रो गोल गरेपछि लिभरपुलले ३-१ को जित हात पारेको हो ।
प्रतिक्रिया 4