+
+

सुवेदी दम्पती हत्यामा संलग्न १४ वर्षपछि पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ असार २९ गते १३:०५
शाहलाई सार्वजनिक गर्दै प्रहरी । तस्वीर : आर्यन धिमाल/अनलाइनखबर

२९ असार, काठमाडौं । सितापाइलामा १४ वर्षअघि भएको एक दम्पत्तिको विभत्स हत्या प्रकरणमा संलग्न रहेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सर्लाही घर भएका जेके भनिने जयकिशोर शाहलाई भारतबाट पक्राउ गरेको हो ।

कान्तिपुर मिलका सञ्चालक मोरङ डाँगीहाट–८ घर भएका नातीकाजी सुवेदी र उनकी श्रीमती सानु सुवेदीलाई धारिलो हतियार प्रहार गरी २० पुस २०६३ मा हत्या गरिएको थियो । सुवेदीकी छोरा विलव सुवेदी पनि घाइते भएका थिए ।

सामान्य विवादमा कामदार जयकिशोर र बाँकेका प्रताप रानाले दम्पत्तिको हत्या गरेर छोरालाई समेत घाइते बनाएको त्यसवेलै खुलेको थियो । यद्यपि, घटनालगत्तै उनीहरु फरार भएर भारतको नखनऊ पुगेपछि पक्राउ पर्न सकेनन् । त्यहाँ दुई वर्षसँगै बसेपछि प्रताप अन्यत्रै गएका थिए ।

‘शाहले भने जय शर्माको नामबाट भारतीय आधारकार्ड लिएर पहिचान बदली बस्दै आएका थिए’, ब्युरो प्रमुख डीआईजी सहकुलबहादुर थापाले भने, ‘हामीले प्राविधिक पक्षको विश्लेषण, हुलिया सनाखत लगायतका उपाय प्रयोग गरेर उनलाई पक्राउ गरेका हौं ।’

शाहलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत, काठमाडौं बुझाउने तयारी भइरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?