३१ असार, काठमाडौं । अस्ट्रेलियाको बिग बास लिग (बीबीएल) टी२० क्रिकेट आगामी डिसेम्बर पहिलो साताबाट सुरु हुने भएको छ ।
आयोजकले बुधबार १०औं संस्करणको लिग डिसेम्बर ३ बाट सुरु हुने जनाएको छ । बीबीएलमा ८ टोलीले प्रतिस्पर्धा गर्नेछ । बीबीएलको फाइनल खेल फेब्रुअरी ६ मा हुनेछ ।
यस्तै बीबीएलले प्रतियोगिताको लिगको खेल तालिका समेत सार्वजनिक गरेको छ । पहिलो खेलमा एडिलेट स्ट्राइकर्स र मेलबर्न रेनेगेड्सबीच प्रतिस्पर्धा हुनेछ ।
नेपाली युवा स्टार सन्दीप लामिछानेले पछिल्लो दुई सिजन मेलबर्न स्टार्सबाट खेलेका थिए ।